नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु गरेको छ । मञ्चको पोखरामा बसेको १६ औं बैठकले अवार्डका लागि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
बैठकले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठनबारे छलफल समेत गरेको छ । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुने टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झंै विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । जसअनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड गरी ८ विधा रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ । २०७६ सालभर गरेका गतिविधिलाई आधार मानेर ३ मनोनयन सूची सार्वजनिक गरी अन्तिम दिन अवार्ड समारोहमा उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । पोखरा सभागृहमा आगामी २०७७ वैशाख २१ मा विश्व प्रेस स्वन्त्रता दिवसका दिन उक्त अवार्ड वितरण समारोह हुनेछ ।
सम्बन्धित खबर
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो