दक्षिण कोरियामा मरेपछि पादरीले स्वर्ग पुर्‍याउने भन्दै कोरोना संक्रमितले एकअर्कोलाई सारिदिए

दक्षिण कोरियामा मरेपछि पादरीले स्वर्ग पुर्‍याउने भन्दै कोरोना संक्रमितले एकअर्कोलाई सारिदिए

south korea

एजेन्सी ।  दक्षिण कोरियाको चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ। सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ ।

आफूलाई जिसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ । दक्षिण कोरियाबाहिर पनि यो धार्मिक समूहका करिब २० हजार भक्तजन रहेको बताइन्छ ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन्। संक्रमितहरुमध्ये आधा संख्या त सञ्चेओन्जी चर्चकै सदस्यहरु रहेको बताइएको छ। यो संख्या घन्टैपिच्छे बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सञ्चेओन्जी चर्चका सदस्यहरुले एक–अर्कोलाई संक्रमित बनाएको र देशैभर कोरोना फैलाएको सरकारी अधिकारीहरुले बताएका छन्।

वरिष्ठ सदस्य किम सीन च्याङले चर्चले गरेको गल्तीप्रति माफी मागेका छन्। राजधानी सियोलको स्थानीय सरकारले अभियोजनकर्ताहरुलाई सो चर्चका संस्थापक म्यान ही र अन्य ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको छ।उनीहरुमाथि कोरियामा भाइरस संक्रमण आम रुपमा फैलनुअघि संक्रमितहरुलाई नियमन गर्ने क्रममा नाम लुकाएको आरोप लागेको छ। यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइसर संक्रमणको अवस्था सबैभन्दा खराब छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ