तनहुँ । होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा अघि बढिरहेको गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।
शुक्रबार भानु ९ चितीखोला स्थित ग्रिनहिल भिलेज सामुदायिक होमस्टेको उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन ।
‘होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा छ ।’ मन्त्री लम्सालले भने ‘समृद्ध नेपाल र सुखी नेपाली हुनका लागी जनता आर्थिक रुपमा सक्षम हुनुपर्छ ।’
होमस्टेले गर्दा गाउँ-गाउँ सामुदायिक भवन, भ्यु टावर, बाटा, चौतारी, गुफाको संरक्षण लगाएतका काम भएको मन्त्री लम्सालले बताए ।
‘लोप हुँदै गएको मौलिक कला र संस्कृतिको जगेर्ना हुँदै गएको छ ।’ मन्त्री लम्सालले भने ‘ स्थानीय युवा अहिले आफ्नै ठाउँ बस्न समेत थालेका छ्न ।’ ग्रामीण क्षेत्रको विकास संगै संस्कृति र प्राकृतिक स्रोत साधनको समेत संरक्षणमा होमस्टेले सहयोग पुर्याएको मन्त्री लम्साल बताउँछन् ।
‘होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा छ ।’ मन्त्री लम्सालले भने ‘समृद्ध नेपाल र सुखी नेपाली हुनका लागी जनता आर्थिक रुपमा सक्षम हुनुपर्छ ।’
नेपाल प्रकृतिले दिएको स्वर्गको टुक्रा भएको मन्त्री लम्सालले बताए । ‘श्रमको सम्मान गरि ग्रामीण क्षेत्रमा काम गरे मात्रै समृद्धिको यात्रा सफल हुन्छ ।’ उनले थपे ‘अनि मात्रै युवा विदेश पलायन हुन पर्दैन, यहीँ कमाउने र यहीँ नै रमाउने सपना साकार हुन्छ ।’
गण्डकी प्रदेशका जुन होमस्टेले ७५ प्रतिशत अर्गानिक खानेकुरा पाहुनालाई खुवाउछ त्यही होमस्टेले मात्रै अनुदान पाउने मन्त्री लम्सालले बताए । ‘गण्डकी प्रदेश अहिलेको वर्ष पर्यटन प्रवर्द्धनमा लागेको छ ।’ मन्त्री लम्सालले भने ‘अब प्रदेश सरकार उद्योग संचालन तर्फ अघि बढ्छ ।’
तनहुँमा अहिले ४४ वटा होमस्टे संचालन भईरहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । भानु नगरपालिका भित्र मात्रै ८ वटा होमस्टे संचालनमा रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते