अन्नपूर्ण पदमार्गमा माघ ३ आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका ७ मध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरी भुजेलले जानकारी दिए । उनको शव हेलिकप्टर मार्फत शनिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा ल्याइएको बताए ।
वेपत्ताको खोजीमा जुटेका सरोजका दाई सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । चितवन घर भएका सरोज एक चिनियाँ पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदैगर्दा बाक्लो हिमपात भएपछि देउराली भन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिंकु केभ नजिकैको हिमपहिरोमा पुरिएका थिए ।
उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् । हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझैं वेपत्ता छन् । हिमपहिरोपछि ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), प्रहरी, सेना र स्थानीय होटल व्यवसायी उद्दारमा खटिएपनि बाक्लो हिउँ जमेकोले वेपत्ताको अवस्था पत्ता लागेको थिएन ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो