नायक अनमोल केसीलाई प्रहरीले ठगी प्रकरणमा खोजिरहेको छ। एक हप्ता भयो‚ तर उनी प्रहरी कार्यालय गएका छैनन्। केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच लाख ठगीको उजुरी परेको हो।
प्रहरी प्रारम्भमा उनलाई कार्यालयमा बोलाएर छलफल गराउने मुडमा देखिएको छ। उनी नआए उजुरी प्रक्रियाअनुसार अगाडि बढाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
उजुरीकर्ता हुन् जयन श्रेष्ठ र रुपेन्द्र खड्गी। ‘धुपौरे’ फिल्मका निर्माता रहेका उनीहरुले ‘अनमोल केसीले फिल्म खेल्छु भनेर पाँच लाख एड्भान्स लिएको तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको’ भन्दै परिसरमा उजुरी दिएका हुन्।
दुवै फिल्म निर्माताका अनुसार उनले असोज ३ मा ४० लाख पारिश्रमिकमा फिल्ममा अभिनय गर्ने भन्दै एड्भान्स बापत पाँच लाख रुपैयाँ लिएका थिए।
सहमति गरेर पारिश्रमिकको एड्भान्स समेत लिइसकेपछि निर्माण टिमले अनमोलले धुपौरे फिल्म खेल्ने भनेर घोषणा समेत गरे। फिल्म साम्तेन भुटियाले निर्देशन गरेका थिए। तर एकाएक अनमोलले फिल्म नखेल्ने समाचार बाहिरिएको थियो।
निर्माण टोलीले उजुरीमा गरेको दाबीअनुसार अनमोलले आफूले पाँच लाख लिएको र अन्य प्राविधिकहरुलाई समेत अग्रिम पैसा दिन लगाउँदा ३० लाख बढी खर्च भएको तर पछि फिल्म नखेल्ने भनेकाले क्षतीपूर्तीसमेत माग गरिएको छ।
-नेपाल लाइभ
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो