पूर्वमन्त्री बास्कोटा गाली बेइज्जती मुद्दा लिएर अदालत पुगे

पूर्वमन्त्री बास्कोटा गाली बेइज्जती मुद्दा लिएर अदालत पुगे

gokul-11

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई गाली बेइज्जती गरेको भन्दै उजुरी दिएका हुन् ।

अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

बास्कोटाले मिश्रले भेटेर नाजायज प्रस्ताव राखेको पनि स्वीकार गरेका छन् । फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरेको जिकिर गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds