‘जनता खुसी भएको देखेर पत्रकार धुरुधुरु रोए, बाँस्कोटालाई फसाइयो’: प्रधानमन्त्री

‘जनता खुसी भएको देखेर पत्रकार धुरुधुरु रोए, बाँस्कोटालाई फसाइयो’: प्रधानमन्त्री

kp-sharma-oli

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको बताएका छन् । पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता खुसी भएको उल्लेख गर्दै उनले भने, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए ।’

ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दावी प्रधानमन्त्री ओलीको थियो । ‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’ उनले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’

पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे । जन्मदिनमा कसैले केक, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको ओलीले बताए । ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’

नाकाबन्दी भएको बेला चुप लागेर बस्नेहरु अहिले केक काट्दा उफ्रिएको भन्दै ओलीले आक्रोश पोखे । ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीको जन्म दिनमा नेपालको नक्सा अंकित केक काटिएको भन्दै चर्को आलोचना भएको थियो ।

बाँस्कोटालाई फसाइयो

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको बताए ।

बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले उनको बचाउ गरेका थिए । नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको ओलीले बताए ।

‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु,’ उनले प्रश्न गर्दे भने, ‘कत्रो उजुरी परेको छ ? त्यो उजुरीको कुनै काम छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds