तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित दमौलीबाट लागुऔषध कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ बस्ने ३२ वर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. २ डाङ्ग्रेखोल्सी बस्ने वर्ष ३२ को सन्तोष भुषालले लागुऔषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
भुषालको कोठामा जादा शंकित अवस्थामा रहेकाले उनलाई नियन्त्रणमा लिई तत्काल भुषालको शरिर तथा उक्त घरकोठाहरु खानतलासी लिंदा कोठामा राखेको स्पीकर भित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
पत्रिकाले बेरी प्याकेट बनाई लुकाई राखेको अवस्थाको २ एमएलको तरल पदार्थ सहितको कारोबारीको कोठाबाट २ एमएलको तरल पदार्थसहित डाइजेपाम १४३, फेनेरागन १४३ र नुफिन १४३ गरी ४२९ थान लागुऔषध, २० हजार रुपैयाँ नगद सहित सामसुम ग्यालेक्सी नोट ८ मोवाईल सेट १ थान बरामद गरिएको प्रहरीले बताएको छ ।
व्यास नगरपालिका अन्तर्गत दमौली बजारमा ठुलो परिमाणमा लागुऔषध कारोबार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा उक्त लागुऔषध कारोबार गर्ने व्यक्तीहरुको खोजतलास गर्दै जाँदा गत शुक्रबार बेलुकी ६ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।
उक्त लागुऔषध बरामद गरी भुषाललाई पक्राउ गरी लागुऔषध मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते