काठमाडौं । मछिन्द्र फुटबल क्लबले इतिहास रचेको छ । पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्ने क्रममा मच्छिन्द्रले आर्मीलाई १ ० गोलले पराजित गरेको हो । त्यही निर्णायक गोल पनि आत्मघाती गोल भयो र आर्मीले ऐतिहासिक मौका गुमायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार फाइनल सरह रहेको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । ए डिभिजनमै रहनुको फाइदा उठाउँदै मछिन्द्रले १ अंकको ऋण तिरेर पनि उपाधि उचाल्यो ।
उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ । मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।
खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए । जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।
उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो ।अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्यो । यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।
१९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ । यस सिजन ४ अंक जोडेको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

कसले कति पाए ?
पहिलो : मछिन्द्र क्लब-५० लाख रुपैयाँ
दोस्रो : त्रिभुवन आर्मी क्लब ३५ लाख रुपैयाँ
तेस्रो : मनाङ मर्स्याङ्दी क्लब-२५ लाख रुपैयाँ
चौथो : थ्री स्टार क्लब- १५ लाख
पाँचौ : नेपाल पुलिस क्लब-७ लाख
छैटौं : जावलाखेल युथ क्लब- ५ लाख
यस्तै, व्यक्तिगतर्फ उत्कृष्ट ५ जना (१ लाख ५० हजार)
उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ मर्स्याङ्दी क्लब)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री स्टार क्लब)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र क्लब)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल (मछिन्द्र क्लब)
मणि शाह युवा ईमर्जिङ खेलाडी (१ लाख रुपैयाँ )
दर्शन गुरुङ (एनआरटी)
फेयर प्ले टीम
थ्री स्टार क्लब (१ लाख ५० हजार रुपैयाँ)
विमलको पुनरागमन
गत कात्तिकमा नाइट क्लब काण्डका कारण कुवेत विरुद्धको विश्वकप छनोट खेल गुमाउँदै ९० दिन निलम्बनमा परेका विमलले यसै खेलबाट फुटबलमा पुनरागमन गरेका छन् । निलम्बनकै कारण उनले लिगमा १२ खेल खेल्न पाएनन् । तर अन्तिम खेलअघि मछिन्द्रमा अनुबन्ध हुँदै विमलले पहिलो पटक लिगको उपाधि जित्ने मौका पाए ।
उनले मछिन्द्र क्लबबाट अब नकआउट प्रतियोगिताहरु समेत खेल्ने बताए । विमल मछिन्द्रसँग २ महिनाका लागि अनुबन्ध भएका हुन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने