सतक हानेका ओमानी खेलाडी भन्छन्- ‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ’

सतक हानेका ओमानी खेलाडी भन्छन्- ‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ’

akib

नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिजमा आइतबार नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ। सिरिजमा ओमानसँग नेपालको यो लगातार दोस्रो हार हो।

निर्धारित ५० ओभरमा नेपालले २४९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित लक्ष्य १७ बल बाँकी छँदै पूरा गर्‍यो। ओमानको जितमा अकिब अलयासले सतकीय पारी खेले। अकिबले १ सय ८ रन जोडे। खेलपछि प्रतिक्रिया दिँदै अकिबले आफूले सतक हान्दा पनि नेपाली दर्शकले सपोर्ट गरेको कुराले भावुक बनाएको बताए।

‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ। आफ्नो देशलाई सँगै जब मैले सेञ्चुरी हानेँ त्यति बेला पनि उत्तिकै सपोर्ट गर्नु भयो,’ अकिबले भने,‘मैले सायदै कहिले यस्तो दर्शक देखें। अब कहिले नेपाल आउँछु था छैन तर आज यिनै दर्शक देखेर म र मेरो टिम खेल्नको लागि अझ उत्साहित बन्यौं।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ