श्री एयरलाइन्सको सस्तो भनेको भाडा बढ्ने !

श्री एयरलाइन्सको सस्तो भनेको भाडा बढ्ने !

shree

काठमाण्डौ-पोखरा-काठमाण्डौ उडान भर्ने श्री एयरलाइन्सले सस्तो भाडादर कायम गरेको निकै प्रचार भयो । सबै औधी खुशी पनि भए । सोहि भाडादर बुद्ध एयरलाइन्स लगायतले पनि कायम गरेको इ-टिकट काट्नेहरुले देखे । तर, श्रीले सधैं यही दरमा यात्रु नउडाउने स्पष्ट सन्देश दिएको छ ।

विदेशी पर्यटकलाई डलर फेयर भने हाललाई सस्तो बनाएको छ । पोखरामा प्रवेशसँगै श्रीले ८४ डलर मै विदेशीहरुलाई सेवा दिन थालेको छ । नेपालीहरुलाई भने २ हजार रुपैयाँमै काठमाण्डौ पोखरा उडान गरिरहेको छ । पोखरा काठमाण्डौको २६ सय लिएको छ ।

शुक्रबारबाट सेवा सुरु गरिएको छ । यी त नयूनतम मूल्य मात्रै भएको एयरलाइन्सले स्पष्ट पारेको छ । विदेशीहरुको लागि १ सय १० हुँदै १ सय २३ डलरमा उडान गर्ने र नेपालीलाई ३ हजार ७ सय,४ हजार २ सय र ५ हजारसम्म भाडादर निर्धारण गरिएको प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । सिजन अनुसार भाडादरमा केहि तल माथि हुने उनको भनाइ छ ।

यसो भएमा यो केही समयको विजनेश फण्डा मात्रै हुनेछ । श्री एयरलाइन्सले शुक्रबारबाट पर्यटकीय नगरी पोखरामा नियमित उडान सुरु गरेको हो । ८० सिट क्षमता भएको क्यू ४०० जहाज मार्फत श्रीले दैनिक २ उडान गरिरहेको छ । आवश्यक परे ५ उडान समेत गर्न सक्ने जनाइएको छ । श्रीको जहाज ठूलो र उचाईबाट उड्ने भएकाले २० मिनेटमा गन्तव्यमा पुग्न सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ