चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् । प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित रहेको छ भने मनाङमा छायांकन गरिएको गीतको मुड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् ।
गीतमा कलाकार सुनिल थापा र माओत्से गुरुङको पनि केहि झलक समावेश भएको छ जसले गीतसँग कथा जोड्नमा भूमिका खेलेको छ । मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । हर्क साउदको शब्द रचनामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतका शब्दले शिर्ष दुई पात्र बीचको प्रेम पनि दर्शाउँछ ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्घि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् । सिनेमामा छेतेन गुरुङ र मन्दीप गौतमको लेखन छ ।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो