चीनसहित विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको खोपको आविष्कारमा लागेका छन्। तीमध्येकी एक हुन् स्कटल्यान्डकी वैज्ञानिक डा. केट ब्रोडरिक। इबोला, जीका जस्ता भयानक रोगविरुद्ध औषधि बनाउन सफल डा. केट घातक कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा जुटेकी छिन्।
अहिले उनी फेरि कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन्। उनले खोप तयार गरिसकेकी छिन्। मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भाइरसबाट बच्न खोप बनाउँदैछु।’
द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन्। ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन्।
डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन्। अनुसन्धानका लागि उनको एउटा टोली छ।उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं।’ दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन्।चिनियाँ अधिकारीले कोरोना भाइरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन्।
उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो। डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर