तनहुँ । महर्षी वेदव्यासको १०८ फिट अग्लो मूर्ती निर्माणार्थ सोमबारदेखी तनहुँको दमौलीमा श्रीमद् भागवत बिराट ज्ञान महायज्ञ शुरु भएको छ । ज्ञान महायज्ञको सोमबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुभारम्भ गरेका थिए ।

महायज्ञको शुभारम्भ गर्दै मन्त्री भट्टराईले व्यासको मुर्ति निर्माणसंगै व्यास जन्मभूमी संसारभरका सबै धर्मालम्बीका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने बताए । ‘व्यासको मुर्ति र संरचना बनेपछि देश बिदेशका हिन्दु धर्मालम्बीको लागि प्रमुख धार्मिक गन्तव्य बन्नेछ,’ मन्त्रि भट्टराईले भने, ‘हामीले साउदी, दुबई जादाँ मस्जिदको फोटो खिचे झै अन्य धर्मालम्बीहरुले पनि व्याससंग सेल्फी खिचेर हाल्नेछन् ।’

सरकारले लगानी गर्ने स्थानमा स्थानीयले अवसर, रोजगारी पाउँछन की पाउँदैनन भन्ने कुराको महत्व रहने भन्दै उहाँले बेदव्यासको मुर्ति निर्माण भएपश्चात यस क्षेत्रमा प्रर्याप्त रोजगारी र अबसर श्रृजना हुने विश्वास व्यक्त गरे । ‘व्यासको सालिक निर्माण भएपछि व्यापार व्यवसाय फस्टाँउनुसंगै रोजगारीको अबसर श्रृजना हुनेछ’ उनले भने, ‘त्यसैले मुर्ति निर्माणका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
‘अब केही महिना भित्र लुम्बिनीमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल शुरु हुन्छ,’ उनले भने, ‘पोखरा बिमानस्थलको काम पनि द्रुतगतीमा भईरहेको छ, सोचेभन्दा ६ महिना अघि नै पोखराबाट उडान हुन्छ ।’

कार्यक्रममा बोल्दै तनहुँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले यही सरकारको पालामा व्यासको मूर्ती निर्माणको काम सम्पन्न गर्ने ढंगबाट काम अघि बढाउनु पर्ने बताए ।
व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले वेदव्यासको १ सय ८ फिट अग्लो मुर्ति जनसहभागितामा निर्माण हुनु सराहनीय भएको बताए । अठार पुराणका वक्ता पण्डित नारायणकृष्ण चरणामृतको प्रमुख वाचकत्व रहने महायज्ञ माघ २८ गतेसम्म संचालन हुनेछ ।
महर्षी बेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माणार्थ सोमबारबाट शुरु भएको श्रीमद् भागवत विराट ज्ञान महायज्ञमा पहिलो दिनसम्म ५ लाख ६८ हजार ८ रुपैया संकलन भएको छ ।

महायज्ञको प्रमुख कथा वाचकका रुपमा अठारपुराणका वक्ता पण्डित नारायणकृष्ण चरणामृत रहेका छ्न । २०६८ सालमा समेत प्रमुख वाचक पण्डित नारायणकृष्ण चरणामृत रहेका थिए । महायज्ञमा बिहान ७ बजे देखि साझ ९ बजे सम्म विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठ बताए ।
अहिले सबैको मनमा हाम्रो आफ्नै योजना हो भन्ने परेको कारण महायज्ञ संगै परियोजना समेत सम्पन्न हुने अध्यक्ष श्रेष्ठले बताए । केन्द्र देखि स्थानिय सरकार संगै बृहत छलफल गरिएको र आगामि वर्षको बजेटमा व्यास मुर्ति निर्माणको लागि बजेट पास गर्ने आश्वसन दिएको अध्यक्ष श्रेष्ठले बताए । जग्गा भन्दा नगद नै दान लिने र किस्तामा समेत दान सहयोग गर्न सक्ने आयोजकले जनाएको छ ।

व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य अनुसार निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको विस्तृत परियोजलाई सफल पार्न सहयोग संकलन गर्ने उद्देश्यले विराट ज्ञान-महायज्ञ आयोजना गर्न लागिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।
करिब ७२ रोपनी क्षेत्रफललाई समेटेर व्यासको मुख्य मूर्तिसहित २७ वटा साना व्यासका मूर्ति, प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, पुस्तकालय, शौचालय, बगैँचाको , पुजारी घर लगायतका भौतिक संरचना निर्माण गर्न लागिएको कोषका अध्यक्ष श्रेष्ठले बताए । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय हिसावले ओझेलमा परेको महत्वपूर्ण स्थल व्यास क्षेत्रलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने उनको भनाई छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने