तपाईं पोखरा काठमाण्डौ हवाइ यात्रा गर्नुहुन्छ भने पक्कै पनि लाग्दो हो काठमाण्डौ पोखरा त सस्तै छ, पोखरा काठमाण्डौं चाहिँ कति महँगो ? अब २६ सय रुपैंयासम्ममा नै पोखरा काठमाण्डौ हवाई यात्रा गर्न पाइने भएको छ ।
निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गरेसँगै पोखरा–काठमाडौं सम्मका लागि २६ सय रुपैयाँ भाडादर कायम गरेको छ । त्यस्तै, काठमाडौं— पोखरा २ हजार रुपैयाँमै उड्न पाइनेछ ।
पोखरामा अहिलेसम्म मुख्यतः यति र बुद्धको एकाधिकार थियो । सिम्रिक पनि राम्रै चल्छ । यात्रुहरुले पोखरा काठमाण्डौ ५ हजार बढीसम्म तिर्दै आएका थिए । आक्रमक बजार तथा सेवा विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौंको भाडादर अहिलेसम्मकै सबैभन्दा कम राखेको हो । यसले यात्रीहरुलाई फाइदा पुगेको छ ।
श्रीले यही शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । श्रीले ठीक एक हप्ता अघि सोमबार नै पोखरामा परिक्षण उडान गरेको छ । एयरलाईन्सले सोमबार दिउँसो साढे २ बजे ८० सिट क्षमताको (क्यू ४००) जहाजबाट सफल परीक्षण उडान गरेको हो । परीक्षण सफल भएकोले केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । भ्रमण बर्षलाई लक्षित गर्दै पोखरामा उडान सेवा विस्तार गरेको श्रीले जनाएको छ ।
यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले जनकपुरमा नियमित उडान थालिसकेको छ । कम्पनीले यसअघि भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र माउन्टेन फ्लाइट उडान गरिरहेको छ । जनकपुर ८ औं र पोखरा ९ औं गन्तब्य हो ।
विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।
सम्बन्धित खबर
सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको एक लाख ७१ हजार ३ सय पुग्यो
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो