एजेन्सी । अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन्।माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको सिएनएनले जनाएको छ।
जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन्। नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ।
जेनिफरले नायालसँगको फोटो राख्दै मायालु सन्देश पनि लेखेकी छन्- ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु’।नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन्। दुवैलाई घोडचढी खेलमा रूचि छ।
गत वर्ष एक अन्तर्वार्तामा जेनिफरले भनेकी थिइन्- घोडाहरू हाम्रो जीवनको एक पाटो हुन्। अनि खेलमा हाम्रो अगाध रूचि छ। नायल व्यवसायिक छ। म त सोखका लागि मात्र गर्छु।’
नायलले पनि जेनिफरले झैं इन्स्टाग्राममा फोटा राख्दै ‘उनले मानिन्’ लेखेका छन्। ‘म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ,’ उनले जेनिफर र आफ्नो फोटोमा लेखेका छन्, ‘जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकामा धन्यवाद।’
जेनिफरका आमाबुवा मेलिन्डा र बिल गेट्सले पनि इन्स्टाग्राममा आफ्ना खुसी बाँडेका छन्।

Pic. Fox News
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते