काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको चल्ला र अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य ह्वात्तै बढेको छ । चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ ।
फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ ।
वर्षभरिमा कुखुराको मासुको सबैभन्दा बढी माग हुने महिना माघ र फागुन हो । मासु व्यवसायीहरुका अनुसार पिकनिक, बिहे र अन्य कामका लागि अत्यधिक मासुको खपत यो दुई महिनामा हुन्छ । व्यवसायीले यही सिजनको मौका छोप्न चिकेन होलिडेको रणनीति लिएका थिए ।
१० दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए । कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो तर सरकारले सुनेन ।अख्तियारप्राप्त सरकारी निकाय अनुगमन र कारबाहीमा चुप बसेपछि व्यवसायीको मनपरी बजारमा देखिएको छ । व्यवसायीले जुन उद्देश्यका लागि चिकेन होलिडे मनाएका थिए अहिले त्यो पूरा भएको छ ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु