पोखरा । श्रीपञ्चमीको अवसर पारेर एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा।लिका सदस्यहरुले अनाथ तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाद्यान्न सामाग्रीसहित नगद सहयोग प्रदान गरेका छन् ।
पोखरा-१५, टुटुङ्गामा अवस्थित सृजनशील बालविकास बालगृहमा आश्रित १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस् भन्ने हेतुका साथ सहयोग कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक आशिष पुरीले जानकारी दिए ।
विभिन्न कार्यक्रम मार्फत उठेको रकमको केही नगदसहित पचास हजार रुपैंया बराबरको शैक्षिक सामाग्री, लत्ता कपडा, खाद्यान्न सामाग्री लगायत प्रदान गरिएको एस.टी. क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताए । उक्त सहयोग कार्यक्रमबाट सृजनशील बालविकास संस्था आभारी रहेको संस्थाका सञ्चालक शंकर पन्थले बताए ।
देशभरका बिभिन्न ठाँउबाट बालगृहमा आश्रय लिएको र सञ्चालनका लागि आर्थिक अभाव भएका कारण संस्थालाई अन्यले पनि यसरी नै सम्झन समेत अग्रह गरे । देश तथा बिदेशका मनकारी व्यक्तित्व तथा बिभिन्न संघ संस्थाहरुको सहयोगले संस्थामा रहेका बालबालिकाहरुले आवश्यक आवश्यकता पूर्ति गर्न सहयोग पुगेको र थप सहयोगको अपेक्षा संस्थाले राखेको छ ।

सहयोग कार्यक्रममा एस.टी. क्रियशन म्यानेजमेन्ट प्रालिका निर्देशक ईनिशा दुरामगर लगायतको सहभागिता थियो । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजनासँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम, खेलकुद र सामाजिक कार्यहरु गरी सेवा प्रदान गर्दै आएको एस.टी. क्रियशन म्यानेजमेन्टले हालसम्म थुप्रै सौन्दर्य प्रतियोगिताको आयोजना गरिसकेको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो