मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै झडप, राष्ट्रिय खेलाडी भरिएका टीम (भिडियोसहित)

मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै झडप, राष्ट्रिय खेलाडी भरिएका टीम (भिडियोसहित)

MMC vs MFC

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा झडप भएको छ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामै झडप भएको हो । सोमबार एक–अर्काविरुद्धको खेलका लागि मैदान उत्रिएका दुवै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो ।

दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ । अहिले नेपाल फुटबल संघको समन्वयमा दुवै टोलीका खेलाडीबीच विवाद मिलाउने काम भइरहेको छ ।

https://www.facebook.com/goalnepalofficial/videos/2516145655366328/

खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए । ए डिभिजन लिगको उपाधी दाबेदार मानिएका मनाङ र मच्छिन्द्रबीचको सोमबारको खेल भने २–२ को बराबरीमा सकिएको छ । दुवै टोलीले खेलको निर्धारित समयसम्म २–२ गोल गर्न सके । मनाङका लागि फेमी जोसुवा र विमल रानाले १–१ गोल गरे भने मच्छिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले १–१ गोल गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ