नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा मनोनयन दर्ता

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा मनोनयन दर्ता

narankaji

पोखरा– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । उम्मेदवार्ता दर्ता गर्न नेकपाकै भगवती न्यौपाने पनि श्रेष्ठसँगै गएकी थिइन् ।

नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।न्यौपाने महिलाबाट उम्मेदवार छिन् । माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनु पर्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाले तालमेल गरेका छन् । यहीं नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिट बाँड्ने गरी तालमेल गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ