काठमाडौं । यातायात व्यवस्था विभागले गाडीमा लेखिएका साहित्य हटाउन निर्देशन दिएको छ । ट्रक साहित्य पढ्न थाल्दा दुर्घटना बढेको भन्दै विभागले अब हटाउन र नयाँ नलेख्न पनि र्निेशन दिएको हो ।
विभागले दुर्घटना न्युनीकरण गर्न अपनाइनुपर्ने तत्कालीन उपायका रुपमा ट्रक साहित्य हटाउनुपर्ने लगायत ८ उपाय निकालेको छ । ती उपायमा गाडी चालकले चप्पल लगाएर चलाउन नपाउनेदेखि क्याबिनमा सजावटका सामान तथा म्युजिक सिस्टम नराख्नेसम्मको व्यवस्था गरेको छ । यस्ता सामान राखेको भए तत्काल हटाउनसमेत विभागले निर्देशन दिएको छ ।
यस्तै सार्वजनिक सवारीमा भाडादर पनि अनिवार्य टाँस्न विभागको निर्देशन छ । सवारी साधन सञ्चालन सम्बन्धी जरुरी सूचनामा भनिएको छ, “सवारी साधनमा लेखिएको सबै किसिमको स्लोगन वा कोटेसन हटाउनुपर्नेछ ।”

विभागको निर्देशनअनुसार अबदेखि सबै प्रकारका सवारी साधन चलाउँदा सवारी चालकले अनिवार्य जुत्ता लगाउनुपर्छ । यस्तै सवारीको विन्ड सिल्डमा स्टिकर वा कुनै वस्तु टाँस्न वा झुन्ड्याउन मिल्दैन ।
यसैगरी लामो दुरीका यात्रुवाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरिएको छ ।

सवारी विभागले सवारीसाधनको चालकको फोटो सहितको सवारीचालक अनुमतिपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दुरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाइने व्यवस्था गरेको छ ।







सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो