सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले निर्देशन दिएको छ । प्रएसपी मल्ललाई हरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको हो ।
प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा उल्लेख छ- ‘एसपी दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन आएकाले त्यहाँ कार्यरत डिएसपीलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाइ १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’
गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै, एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो । मल्ल प्रचण्डका पूर्व अंगरक्षक हुन् । प्रचण्ड र मेयर प्रचण्डपुत्री रेणु दाहालको आडमा चेन अफ कमाण्ड नै लत्याएर मल्लले गति छाडेका हुन् ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते
रवि लामिछानेलाई चितवनमा ५४ लाख धरौटी माग
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो