पोखरा । प्रतिनिधिसभाको एक मात्रै उपनिर्वाचन भएको कास्की २ मा ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो । पुरुष २० हजार ७सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसाले । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
संकलन मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसी आजै मतगणना सुरु गर्ने छ । जिल्ला समन्वय समिति कास्कीको कार्यालयमा मतगणनाका लागि ठाउँ तयार पारिएको छ । तारजाली लगाएर मत गणना गरिने भएको छ ।
कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् । केही शहरी वडा भएपनि ग्र्रामिण वडाहरु धेरे पर रहेको र सडक सञ्जाल राम्रो नभएका कारण मतपेटिका जम्मा गर्न केही लामो समय लागेको थियो । सबैभन्दा धेरै ३३ नम्बर वडामा मतदान भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टाईले पनि यही वडाबाट मतदान गरेकी थिईन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । पहिले ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो । विहानैदेखि निरन्तर रुपमा बम पड्किएका कारण कम मत खसेको हुनसक्ने अनुमान छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो