पोखरा । प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे मतदान साँझ ५ बजेसम्म जारी रह्यो । अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिए ।
मतदाताहरु उत्साहपूर्वक निर्वाचन कार्यक्रममा भाग लिएका छन्। सोही क्रममा पोखरा–१७ की ९५ वर्षीया पदमकुमारी शेरचनले मतदान गरेकी छन्। शेरचनले पार्दी मावि मतदान केन्द्रबाट भोट खसालिन् ।

यस्तै, पोखरा ४ की ९० वर्षीया भोजकुमारी कोइरालाले नविन मावि केन्द्रबाट भोट खसालिन् ।


कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाएनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन पाएनन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाए । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् ।राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाए । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो