कास्की प्रहरीको गैरजिम्मेवार हर्कत, ठक्कर दिएर दुईटा हात भाँचेपछि भन्छः हाम्रो गाडीले हैन (भिडियो हेर्नुहोस्)

कास्की प्रहरीको गैरजिम्मेवार हर्कत, ठक्कर दिएर दुईटा हात भाँचेपछि भन्छः हाम्रो गाडीले हैन (भिडियो हेर्नुहोस्)

sabina dhakal

गत मंसीर ८ गते प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएकी एक युवती फेवासिटी हस्पिटलमा उपचारपछि काठमाण्डौ लगिएको छ । पोखरा चाउथेमा उनलाई ठक्कर दिने गाडी भने प्रहरीको हो । जुन गाडी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षाका लागि स्कर्टिङमा खटिएको थियो ।

लेखनाथबाट पोखरा आउने क्रममा सविना सवार स्कुटरलाई प्रहरीको गाडीले लछारेको हो । पछाडि बसेकी सबिना लडिन्, दुई वटै हात भाँच्चियो । स्कुटर चालक लेखनाथका सुसन श्रेष्ठ सामान्य घाईते भए । प्रहरी भने आफ्नो गाडीले ठक्कर नदिएको भन्दै पीडितलाई उल्टै धम्क्याउँछ । घटना क्षेत्र वडा प्रहरी कार्यालय रामबजार एरिया हो । त्यहाँको प्रहरीले गैरजिम्मेवार हर्कत गरेको छ । जिल्ला प्रहरीले समेत आफू स्विकार्न तयार छैन ।

अपिल त्रिपाठीले सञ्चालन गर्ने गण्डकी छड्के हेर्नुहोस्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ