काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीसंगै नेपाली कामदारको माग पनि घटेको छ। कोरियाको निर्यातमा आएको ह्रासका औद्योगिक क्षमता कमजोर हुदै गएकाले नेपाली कामदारको माग पनि कम हुँदै गएको छ ।
सन् २००८ देखि शुरू गरिएको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले नेपाली श्रमिक लग्दै आएको थियो । कोरियाबाट प्रकाशित हुने कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छ । देशको समग्र औद्योगिक क्षमतामा अघिल्लो महिनाको तुलनामा अक्टोबरमा ०.४ प्रतिशतले कमी आएको छ ।
सोही अवधिमा अटो मोबाइल क्षेत्रमा ४.४ प्रतिशतले देखिएको छ । त्यसैगरी सेवा क्षेत्रमा ०.३ प्रतिशतले वृद्धि भएपनि खुद्रा व्यापारमा ०. ५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै लगानीमा ०.८ प्रतिशतले कमी देखिएको छ । कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ ।
सोही कारण त्यहाँका उद्योगले वैदेशिक कामदार कटौति गर्न थालेको छ । विदेशी श्रमिक कटौति गर्न थालेपछि त्यसको असर नेपालमा परेको हो । कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ । त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ ।
कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक’ किम सुङ्ग जाए’ को नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ । कोरियाले सन् २०१७ को भाषा परीक्षा छनोट भएर कोरिया जाने तयारीमा रहेका कृषि क्षेत्रका ७ हजार कामदारमध्ये अझै २ हजार प्रतिक्षामै रहेका छन् । त्यस्तै गरी कोरिया सरकारले कोरियामा काम गर्ने समयसीमा सकिएका नेपालीलाई स्वदेश फार्काउन आग्रह गरेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते