काठमाडौँ । नेपाली बालिकालाई भारत लगेर यौनव्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग रहेका छन् । तामाङ्ग ती बालिकाको भाउजु नाता पर्ने प्रहरीले जनाएको छ ।
उनले तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत ती १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्रलोभन देखाएर दिल्लदी पु-याएकी थिइन् ।
पछि बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु-याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाइराखेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको सूचना अधिकारी प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो ।
बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो । हाल उनीहरुमाथि मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कारवाही हुने बताइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु