चुनावको दिन कुन गाडी चलाउन पाउँछन् ? कुन पाउँदैनन् ?

चुनावको दिन कुन गाडी चलाउन पाउँछन् ? कुन पाउँदैनन् ?

banda (1)

पोखरा । मंसिर १४ गते शनिबार कास्की २ मा उपचुनाव हुँदै छ । चुनावको मौन अवधि सुरु भइसकेको छ । पोखरा महानगरका ११ वटा वडा यस क्षेत्रमा पर्दछन् ।

पोखरा महानगरले यो क्षेत्रमा पर्ने २९ सार्वजनिक स्कुलमा ३ दिन बिदा दिइसकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना निकालेर १३ गते राति १२ बजेदेखि १४ गतेसम्म निर्वाचन हुने क्षेत्रमा सवारी चलाउन नपाइने जनाएको छ । यो अवधिमा एम्बुलेन्स, दमकल, खानेपानी, शववहान, दुरसञ्चार, विद्युत, अस्पताल सेवा र निर्वाचन पास लिएका गाडीमात्र चल्न पाउने जनाइएको छ ।

यो अवधिमा कास्की २ भएर अर्काे जिल्लामा जाने सवारी साधनलाई भने विशेष व्यवस्था गरिएको छ । पूर्वमा विजयपुर, पश्चिम उत्तरमा यम्दी पुल, दक्षिण पश्चिमा कालीमाटी खोलमा सवारी रोकी ३, ३ घन्टामा स्कटिङ गरी कास्की २ पार गराइनेछ । यो बीचमा कुनै यात्रु चढाउन र ओराल्न पाइने छैन ।

यो अवधिमा अपरिचित व्यक्तिहरुको प्रवेश, गतिविधि र शंकास्पद व्यवहार देखिएका पनि प्रहरीलाई खबर गर्न अधुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds