अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्राविधि सहायक रथी थापाका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।
पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको समिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो ।
विश्वमा यही प्रविधिबाट विष्फोटन पदार्थको उत्पादन हुने गर्दछ । हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १ सय ९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ ।
हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ चीन तथा भारतबाट आयत हुने गर्दछ ।
विष्फोटन पदार्थ बिक्री वितरणमा सहजता ल्याउन सेनाले बजार व्यवस्थापन समितिसमेत खडा गरेको छ । नीति तथा योजना निर्देशनालयअन्तर्गत रहेको सो समितिले विष्फोटन पदार्थ प्राप्ति र वितरणमा सहजता ल्याउने कार्यक्रममा जानकारी दिइयो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु