काठमाडौं- १ घन्टा जेल र १ रुपैयाँ जरिवाना तिरेर केही दिनअघि मात्रै छुटेका पत्रकार तथा मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा पुनः अर्को मुद्दा पनि दायर भएको छ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टले उनीविरुद्ध बुधबार गाली बेइज्जतीगरेको भन्दै मुद्दा दायर गरेका हुन्। निर्मला पन्त बलात्कार र हत्यामा आफूमाथि छानबिन हुनुपर्ने, डिएनए जाँच गर्नुजस्ता कुरा भन्दै लेख्दै हिँडेकाले भण्डारीविरुद्ध मुद्दा दायर गर्न बाध्य भएको विष्टको भनाइ छ।
निर्मला बलात्कार हत्या काण्डमा गृहमन्त्रीका छोरादेखि मेयरका भतिजा विष्टसम्मको हात हुन सक्ने भन्दै उनले फेसबुकमा समेत स्टाटससमेत लेख्दै आएका छन्।
यसअघि जथाभावी लेखेको र बोलेकोजस्ता गतिविधि तुच्छ रहेको भन्दै कञ्चनपुर जिल्ला अदालतले १ घन्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। यो कैद र जरिवाना भण्डारीले भुक्तान गरिसकेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम