लेखनाथ महोत्सव तयारी तिब्र, पुस ३ देखि शुरु हुने

लेखनाथ महोत्सव तयारी तिब्र, पुस ३ देखि शुरु हुने

pic

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुसमा हुने लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव हुँदैछ ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बलराम ढकालले बताए ।सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुने ढकालले बताए ।

१५ करोड रुपैयाँ कारोबार हुने लक्ष्य

महोत्सवमा ३ सय ३६ स्टल रहने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । जसमध्ये ६० प्रतिशत भन्दा बढी स्टल बुकिङ भइसकेको उनले बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ ।

१२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका उपमहासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

१ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ