काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन्। ओलीको स्वास्थ्यमा सुधार भइरहेकाले बुधबार पनि सामान्य डुलाइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आज जाउलो खुवाइनेछ। यसअघि बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो। बिहान १० बजे विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार जारी रहेको बताएको छ।
यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ। एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन्। उनलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरले बताएका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम