पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
सागमा स्वर्ण जित्ने लक्ष्य राखेको नेपाली महिला टिमले आफु भन्दा तुलनात्मक रुपमा कमजोर बंगलादेशलाई पराजित गरेको हो। सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत समेत स्वर्णको दाबेदार हो । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।
पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते