पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिम पश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारिरीक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसंग कसरी समन्वय गराउने ? भन्ने विषयमा सुसूचित गराउँदै फिजिकल तालिम दिएका छौँ”– प्रशिक्षक दिपक गोदारले भने ।
सागको व्यवस्थापन तथा सुरक्षामा नेपाल प्रहरीको प्रमुख भूमिका रहनेछ । यस बाहेक स्वयंसेवक समेत खटाइनेछ । सागमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र समेत दिइने गोदारले जानकारी दिए । साग अन्तर्गत पोखरामा ८ खेल हुँदैछ । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।
त्यसैगरी, १३ औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० जना सम्पर्क अधिकारी (लियाजन)हरु समेत खटाइने भएको छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिहरुको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । सम्पर्क अधिकारीले पोखराको बारेमा जानकारी समेत दिनेछन् ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारकोबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटिका संयोजक जगन गुरुङले बताए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो