पोखरा । गण्डकी प्रदेशमा आउँदो मङ्सिर २० गतेबाट प्रशोधित पिउने पानीको नयाँ मूल्य लागू हुने भएको छ । नेपाल बोत्तल वाटर उद्योग संघको प्रदेश कमिटि र उपभोक्ता वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बीच पिउने पानीको मूल्य घटाउने सहमति भएको हो ।
पानीको मूल्यको विषयमा आवाज उठे पछि निर्देशनालयले उद्योगीसँग मूल्य समायोजनका लागि छलफल गरेको थियो । नयाँ मूल्य अनुसार बोत्तलको पानीमा रु ९ र जारको पानीमा रु १० घटाइएको नेपाल बोत्तल वाटर उद्योग संघ गण्डकीका प्रथम उपाध्यक्ष लेख बहादुर प्रधानले जानकारी दिए । अहिले बोत्तलको पानीको मूल्य रु २५ र जारको पानीको मूल्य ६० रहेको छ ।
अब नयाँ मूल्य अनुसार बोत्तलको पानी रु १६ मा पाइने छ भने जारको रु ५० पर्नेछ । व्यवसायीले बजारमा वितरण गर्ने प्रशोधित पानीमा खुद्रा व्यापारीले मनपरी मूल्य निर्धारण गर्दा उपभोक्तालाई प्रत्यक्ष असर पारेको भन्दै आलोचना भइरहेको थियो । मङ्सिर २० पछि तोकिएकोे भन्दा बढी मूल्यमा पानीको विक्री गरे कालोबजारी अपराध ऐन २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो