न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली

न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली

badali_mausam_ktm

काठमाडौं- नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने छ ।बुधबार दिउँसो पश्चिमी भूभागका केहि ठाउँमा पानी पर्ने सम्भावना छ भने राति हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

मंसिर ११ गते (बुधबार) : दिउँसो: देशको पश्चिमी भूभागमा आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds