१ किलो सुनसहित २ महिला पक्राउ

१ किलो सुनसहित २ महिला पक्राउ

gold_seiz_rasuwagadhi

रसुवा– नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको पहिचान भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी बरामद सुनबारे जानकारी दिइने जनाएको छ । महिलाहरुको साथबाट ६ डल्ला सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुन जोख्दा करिब १ किलो बराबर भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ