पोखरामा वडाध्यक्षको घरमा बम विस्फोट, गाडीमा विष्फोट

पोखरामा वडाध्यक्षको घरमा बम विस्फोट, गाडीमा विष्फोट

bomb-bisfot-ward-president

पोखरा । पोखरामा वडाअध्यक्षको घरमा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव प्रसाद आचार्यको घरमा रहेको गाडीलाई लक्षित गरी सोमबार बिहानै बम विस्फोट भएको हो ।

बम विस्फोट हुँदा पोखरा महानगरपालिका-१७ आँखा हस्पिटल नजिकै रहेको उनको घरमा पार्किङमा राखिएको ग २ च ४२६ नम्बरको गाडीमा क्षति पुगेको छ । सो विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।

सोमबार बिहान २ बजेर १० मिनट जाँदा ठूलो आवाज आउने गरी विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ