बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

sarbochha-adalatfhfn9suhpi

काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १÷१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए । आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् ।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds