पोखरा। १३ औँ दक्षिण् एशियाली खेलकुद प्रतियोगिता ( साग ) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन् । मंसीर १५ गते देखि आयोजना हुने सागको खेल संचालनका लागि पोखरा आउने भएका छन । पोखरामा हुने विभिन्न ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएका हुन ।
पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोली पोखरा आउने भएका हुन ।
पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएका हुन ।
सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली समेत पोखरामा खेल संचानलका लागि आउँदैछन ।
पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ । रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघि बढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरु«ले बताए । पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णको कार्य तिव्रताका साथ अघि बढेको छ । साग आउन ६ दिन मात्र बाकिँ रहेको बेला । रंगशाला भित्र रहेको पुर्वाधारहरुमा रंगरोगन गर्ने देखि लिएर अव्यवस्थित रहेको खाली जग्गालाई समेत सम्याउने देखि गार्डेन बनाउने सम्मका कामहरु भएका छन ।
पोखरामा साग संचालन गर्नको लागि व्यवस्थापन देखि लिएर अतिथि सत्कारको लागि समेत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । रंगशाला छिर्ने मुख्य द्धारको दुवै छेउमा फुलहरु समेत राखिएको छ ।
पोखरामा मंसीर १६ गते हुने विदेशी खेलाडी तथा पाहुँनालाई भव्य स्वागतकाो कार्यक्रम समेत रहको छ । समारोह समिति अन्तरगत रहेको झाँकी व्यवस्थापन समितिले पंसीर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जात जातीहरुको जातीय पोशाक सहित झाँकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहँनालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जानकारी दिए ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो