भूतखोलामा मानव कङ्काल फेला

भूतखोलामा मानव कङ्काल फेला

पाल्पा– पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बिहीबार बिहान बेवारिसे अवस्थामा मानव कङ्काल स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू अप्ठ्यारो ठाउँमा मानव कंकाल भेटिएको हो । त्यसको केहि माथि रूखमा सर्ट अर्थात् कमिज बाँधिएको अवस्था भेटिएको छ । सर्टमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनास्थलमा एउटा झोलासमेत भेटिएको छ । झोलाभित्र रहेको रातो टिसर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा लेखिएको छ । तर, पुरुष वा महिला कसको भन्ने समाचार तयार पार्दासम्म खुलेको छैन् । उक्त कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ