तस्करको फन्दामा परेकी पोखराकी उमरालाई भारतबाट उद्धार

तस्करको फन्दामा परेकी पोखराकी उमरालाई भारतबाट उद्धार

girl

पोखरा । पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीको उद्धार गरिएको छ । पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो। उनी मानव तस्करीको फन्दामा परेर गैरकानुनी रूपमा कुवेत जान लागेकी थिइन् । भारतीय सीमा प्रवेश गरेकी युवतीलाई एसएसबीका जवानले शङ्का लागि सोधखोज गरेका थिए । सोधखोज गर्दा उनले कामको सिलसिलामा भारतबाट कुवेत जान लागेकी बताइएकी थिइन्।

एसएसबीका अनुसार नेपाली कागजात र राहदानी समेत फेला नपरेको युवती पानीटंयाकी बस पार्कतर्फ जान लागेकी थिइन्। एसएसबीले युवतीलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। युवतीलाई त्यहाँ पुर्याउने कोहि पनि पक्राउ परेका छैनन् । बस पार्कमा उनलाई अज्ञात व्यक्ति लिन आउने र त्यही व्यक्तिले बाघडुग्रा विमानस्थलबाट दिल्ली लैजाने योजना बनाएको उनको बयान छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ