पोखराको फुटबल रंगशाला निर्माणको क्रममा छ । प्यारापिट जडान कार्य सुरु भएको छ । मुख्य चिन्ताको विषय खेल मैदान हो । महिला फुटबल यही मैदानमा गरिने तय भएको छ । मैदानमा कोलकत्ताबाट ल्याइएको बर्मुडा दुबो(चपरी) लगाइएकोमा झण्डै एक तिहाई त कामै नलाग्ने गरी मरे । असोज ९ गते पहिलो चरणको दुबो पोखरा रंगशाला आईपुगेको थियो । पटक पटक गरी झण्डै ८६ हजार स्क्वायर फिट दुबो मैदानमा विछ्याईसकिएकोमा केही दुबो मरे ।

मरेको दुबो उखेलेर नयाँ राख्ने काम सुरु भएको छ । बिहीबार बिहानैदेखि नेपाल पुलिसको सहयोगमा दुबो लगाउन सुरु गरिएको हो । नयाँ दुबो सर्न अझै समय लाग्छ । एक महिना अघि आएको दुबो हरियो भईसकेको छ । कोलकत्ताबाटै दुबोको लागि प्राविधिक टोली एकमहिनादेखि नै पोखरा रंगशाला फुटबल मैदानमा खटिदैं आएका छन् ।

भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘दुबो आईसकेपछि मेशिनले काटेर रोलर प्रयोग गरेर पानी र मल छर्दै केही दिनमै हरियो बनाउनेछौं ।’

दुबोको लागि यसअघि नै ढुवानीसहित ६३ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले फेर्नुपर्ने दुवोमा फेरि खर्च भएको छ । कम्पनीले फुटबल मैदानको निर्माण कार्य गत गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो ।






तस्विरः सुदर्शन रञ्जित/राधिका कँडेल
सम्बन्धित खबर
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला सुरु, आजदेखि खेल सञ्चालन हुने
केपी ओली टी–२० क्रिकेट जारीः काठमाडौं र हेटौडाको जित
पोखरा २० भलाममा छात्र/छात्रा ५ र ३ किमि दौड चैत्र २९ गते हुँदै
ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर