मेलामा गएका वडाध्यक्ष चन्द मृत भेटिए

मेलामा गएका वडाध्यक्ष चन्द मृत भेटिए

death

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन् । मंगलवार स्थानीय धुरा जात्रामा मेला हेरेर फर्किएका चन्द बुधवाबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

चन्दले भने, ‘मेला हेरेर बेलुकी ६ बजे वडा अध्यक्षसित छुट्टिएका थियौं । उहाँ मूल बाटोबाट ८ मिटर तल लडेर टाउकोमा घाउ भएको अवस्थामा मृत आज बुधवार फेला पायौं ।’ घटनाबारे विस्तृत अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । ५७ वर्षिय चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजयी भएका थिए । वडाध्यक्ष राजबहादुर चन्द बैतडी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ