राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार

राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार

shivamaya2

काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छिन् । मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारीमा रहेको बेला बुधवार विहान तुम्बाहाम्फेसँग भेटगरी प्रधानमन्त्री ओलीले राजीनामा दिन आग्रह गर्दै मन्त्री बनाउने आश्वासन दिएका थिए ।

तर तुम्बाहाम्फेले भने सभामुख पनि नभएको बेलामा संसद खालि राखेर आफू मन्त्री नबन्ने बताएको बालुवाटार निकट श्रोतले बतायो । ‘अहिले सभामुख पनि नभएको बेलामा संसदलाई खालि राखेर म मन्त्री बन्दिनँ’ बालुवाटार श्रोतले तुम्बाहाङ्फेलाई उदृत गर्दै भन्यो । तर उनले ‘केही समयपछि विचार गरौलाँ’ भनेको स्रोतको दाबी छ । उपसभामुख तुम्बाहाम्फेले भने मन्त्री बन्ने विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताइन् । सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएसँगै सभामुख पद खाली रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ