किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत दमौली-डुम्रे सडकखण्डमा पर्ने मुसेखोला राजमार्गबाट नजिकै रहेको छ ।
उक्त मृत अवस्था फेला परेको भाले चितुवाको ढाड भाचिएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । ‘गाडीले हानेको जस्तो देखिन्छ’ प्रमुख बरालले भने ‘चोट लागेपछि खोला तिर गएको र खोला नजिक बान्ता गरेको देखिन्छ ।’
उक्त भाले चितुवा करिब ८ वर्ष जतिको उमेर र ४० किलो जति तौल रहेको प्रमुख बरालले बताए । आज बुधबार राती करिब २-३ बजेको समयमा उक्त घटना भएको अनुमान प्रमुख बरालको रहेको छ ।
सो चितुवाको छाला काडेर चितवन राष्ट्रिय निकुञ्ज पठाइने र चितुवालाई डिभिजन बन कार्यालयको पछाडी खाल्डा खनेर पुरिने बरालले जानकारी दिए ।
सोमबार मात्रै पेट फुटेको अवस्थामा व्यास-७ साखुलीमा चितुवाको डमरू मृत फेला परेको थियो ।
तनहुँ कै भानु नगरपालिकाको वडा नम्बर १,२,३ र ४ मा करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।
भानुबासी लाई सतर्क रहन पनि डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की