६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा

६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा

DRI_Rajashwo_anusandhan_bibhag

गलत कागजात बनाएर कर छलि गरेको अभियोगमा ६ जना सुर्ती व्यापारीविरुद्ध मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित ६ जनाविरुद्ध १० करोड १५ लाख ४० हजार १ सय ९९ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक श्रेष्ठसहित सफिन एण्ड ब्रदर्श इन्टरप्राइजेजका प्रोप्राइटर सरोज केसी, आरएस स्टोरका प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका प्रोप्राइटर सुष्मा गोयन्का, गोल्डेन टोवागो इन्डस्ट्रिजका सञ्चालक दिनेश बसुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोप्राइटर जानुका कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो । विभागका अनुसार उनीहरुले कर छलि गर्ने प्रयोजनका लागि अन्तशुक्ल स्टिकर नलगाइ सुर्ती बिक्री गरेको, चलानबाट सामान बिक्री गर्ने गरेको, भौतिक गणनामा मौज्दात फरक राख्ने गरेको देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds