सिड्नी । भारतले नेपाली भूभाग आफ्नो नक्सामा राख्दै सार्वजनिक गरेपछि यसको विरोध भइरहेका छन् । देशभित्र हप्तौदेखि प्रदर्शन जारी छ । सरकारले समेत स्पष्ट रुपमा आफ्नो भनाई सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलो पटक औपचारिक समारोहमा बोल्दै कालापानीबाट भारतीय सेना फिर्ता लैजान भनेपछि भारतीय मिडियामा प्राथमिकताका साथ यस विषयले ठाउँ पाएको छ ।

अष्ट्रेलिया पढ्न गएका विद्यार्थीले गत हप्ता आइतबार प्रदर्शन गरेकोमा आज सोमबार हस्ताक्षर संकलन नै गरेको छ । विश्व समुदायको ध्यानाकर्षण गराउन रचनात्मक ढंगले प्रदर्शन गरेका उनीहरुले डेढ सय बढीको हस्ताक्षर संकलन गरेका छन् । अष्ट्रेलियामा रहेका भारतीय नागरिकले समेत अभियानमा साथ दिँदै हस्ताक्षर गरेको विद्यार्थी रोशन अधिकारीले जानकारी दिए ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विदेशी भूमिबाटै दबाबमूलक कार्यक्रम आयोजना गर्न अधिकारी सहित सञ्जय लामा, सुवास बञ्जरा, ज्योति तिवारी, टंक रिजाल, सुदिप विश्वकर्मा, मनोज सुवेदी, निरज शर्मा अग्रसर बनेका हुन् । उनीहरुले ‘लेट्स युनाइट टुगेदर’ नाम दिएर क्याम्पेन चलाएका छन् ।

सिड्नी टाउन हल पार्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हस्ताक्षर संकलन गरिएको र संकलित हस्ताक्षरको ब्यानर नेपाली दुतावासमा बुझाईने अधिकारीले जनाए । उनीहरुले आजपनि प्लेकार्डमा आफ्ना नारा लेखी प्रदर्शन गरेका थिए । ‘कालापानी, लिपुलेक, लिम्पियाधुर नेपालकै हो ।’, ‘हामी टाढा छौं तर एकताबद्ध छौं ।’ लगायतका नारा लेखी त्यहाँ आउनेहरुलाई बुझाउँदै हस्ताक्षर गर्न लगाएका थिए । भारतीय नागरिकले समेत नेपालको माग जायज रहेकाले आफ्नो भूमि सबैलाई प्यारो लाग्ने बताउँदै हस्ताक्ष्र गरेका थिए ।



लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि अहिले भारत विरोधी अभियान छेडिएको छ । भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्ताबेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत सबै नेपालीको छ ।

भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्ग्िकलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ।


सम्बन्धित समाचारः
सीमा अतिक्रमण गर्ने भारत विरुद्ध अष्ट्रेलियामा हस्ताक्षर अभियान
सम्बन्धित खबर
गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख, मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण [तस्वीरहरू]
आइएसएमटी कलेज पोखरामा रमाइलो ‘दशैं फेस्ट’ [तस्वीरहरू]
पोखरासहित देशभर धुमधामका साथ मनाइयो गाईजात्रा [फोटो फिचर]
जनैपूर्णिमामा देवालयमा श्रद्धालुको घुइँचो [तस्वीर]
पाल्पाको लाखे नाच पोखरामा देखाइयो [फोटो फिचर]
अन्तिम साउने सोमबार, केदारेश्वर मन्दिरको रौनक [तस्वीरहरू]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो