प्रधानमन्त्री ओलीले रिमोट बटन थिचेर माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् गरे उद्घाटन

प्रधानमन्त्री ओलीले रिमोट बटन थिचेर माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् गरे उद्घाटन

trishuli-3-a-hydro-jalabidhyut-mathillo-2-750×375

पोखरा। नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गरेका हुन्। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले पुगेर आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजना अकिारीहरुका अनुसार सो आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ।

२०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो । २०७१ जेठ १७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको आठ अर्ब ९१ करोड ७८ लाखमा सम्झौता भएपनि चिनिया कम्पनीले समयमा काम नगर्दा लागत बढेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ