तनहुँ । हाम्रो देश लाई अझैपनि पुरुष प्रधान देश भनेर चिनिन्छ । महिलाहरुले अझैपनी साना तिना कार्यहरु गर्नेको लगि पुरुषहरु संगनै अनुमती लिनुपर्दछ । कानुनमा उल्लेख भए अनुरुप महिला र पुरुषले समान अधिकार पाउने हो भने एक घर एक उद्यम भन्ने अभियान सुरु हुन कति पनि समय लाग्दैन ।
हाम्रो स्थानयि स्तरमा नै प्राप्त हुने स्थानिय स्रोत साधानको प्रयोगबाट बिभिन्न प्रकारको व्यवयसायहरु सञ्चानल गरी आर्थिक उपार्जन गरी बैदेशीक रोजगारलाई समेत न्युनिकरण गर्न सकिन्छ ।
अब कथा सुरु हुन्छ, एक सफल महिलाको, तनहुँ जिल्ला साबिक अरुणोदय ८ हाल भिमाद नगरपालिका वर्डा नं २ बसोबास गर्दै आएकी धनुमाया रानाको पारिवारीक अवस्था र उनको कष्ठकर जिबनलाई फर्केर हेर्ने हो भने जो कोहिको आखा बाट आसु आउन सक्छ । तर उनी अहिले देशकै सफल उद्यमीको रुपमा परिचित छिन् ।
उनलाई बिगत २०७१ सालमा घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वर काठमाडौबाट १५ दिने अचार, दालमोट बनाउने तालिममा सहभागी हुने मौका मिलेको थियो । तालिम प्राप्त गरिसकेपछी मैले आफ्नो सिपलाई परिचालन गरी स्थानिय स्तरमा पाईने बिभिन्न प्रकारका अचारहरु उत्पादन गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरे । उक्त व्यवसाय सञ्चालन गर्नेको लागि मसंग पुजिँको आवश्यकता थियो घर परिवारको खासै सहयोग थिएन ।
धितो राख्नको लागि समेत मेरो नाममा घर जग्गा केही थिएन मैले आफैले लागाईरहेको गहना बैकमा राखी ऋण निकालेर व्यवसायमा लगानी गरे । सुरुको दिनहरुमा आफ्नै घर वरपर पाईने आपँ, मुला, खुर्सानी आदिको उत्पादन गर्न थाले ।
सुरुका दिनहरुमा उद्योगको प्रचार प्रसार हुन नसकेको कारण बिक्री गर्न गाह्रो भएको थियो । तैपनी कतिपनी हार नमानी व्यवसाय भने सञ्चालन गर्दैै गए, । उद्योग सुरुगरे पश्चात २०७२ सालमा मैले मेरो व्यवसायलाई घरेलु तथा साना उद्योग बिकास समिति तनहुँमा दर्ता गरे । दर्ता पश्चात उक्त कार्यालय बाट व्यासायका लागि मेशिन औजारहरुको पनि सहयोग प्राप्त भयो ।
यसरी नै अन्य निकायहरुबाट पनि सहयोग प्राप्त थियो । (मलाई सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघ संस्था, एवं सल्लाहा सुझाब र हौसला प्रदान गर्नुहुने सम्पुर्ण मित्रहरुलाई हार्दिक आभार प्रकट गर्न चाहान्छु । खुशी हुदै धनमायाले भनिन् ।
जब अचार व्यासाय फस्टाउदै गयो घर परिवार लगायत मेरा आफन्तहरुले समेत मलाई सहयोग गर्न थाल्नुभयो , त्यस पछी मलाई काम गर्न झन हौसला बड्यो, र मलाई म सफल भएको महसुस भयो ।
प्रतिक्षाको फल मिठो हुदो रहेछ भन्ने कुरामा म बिश्वस्त भए ।
अहिने यस व्यवसायबाट मासिक रुपमा करिब ३ लाख आम्दानी गर्छु । खर्च कटाएर मासिक सालाखाला १ लाख रुपैया नाफा हन्छ ।, तेती मात्र नभई ७ जना महिला र १ जना पुरुष गरी ८ जनालाई रोजगारी समेत दिएको छु । स्थानीय स्तरमा पाईने कागती, निहुरो, पिडालु, मेथि, सिप्लेकान, कोईरालो, कर्कलो, पिडालु, लप्सी, अमला, रुख कटर, आपँ, स्कुस, अमरा, निबुवा गरी हाल ४२ अचारको परिकारका बनाएको छु ।
कतिपय अचारहरु जडिबुटीहरुबाट उत्पादन हुने भएकाले यसको माग पनि उनिकै छ । बजार खोज्न टाडा जानु परेको छैन तनहुँ जिल्ला, स्याङजा, पोखरा, चितवन, हुदै काठमाडौ समेत मेरो अचारको बजार क्षेत्र रहेको छ ।
अहिले मेरो अचार व्यवसाय तनहुँ जिल्लाको नमुना बनेको छ ।
स्थानयि स्तरमा पाईने खेर गईरहेको कच्चापदार्थलाई परिचालन गरी अरु पनि बिभिन्न परिकारका अचारहरु उत्पादन गर्ने सम्भव छ । आगामी दिनहरुमा व्यवसायलाई अझै बृद्धि गर्दै लैजाने निर्णय गरेकी छु र अन्य दिदि बहिनीहरुलाई पनि अचार सम्बन्धी तालिम प्रदान गर्नेछु । ताकी स्वदेशमा नै रोजगारीको अवसर श्रृजना होस ।
“अहिलेको अवस्थालाई हेर्ने हो भने नुन देखी सुन सम्मका सामानहरु अन्य देश बाट आर्यात हुने गरेको छ ।
भारत बाट आएका बिषाधीउक्त तरकारी तथा फलफुहरुले त कती नेपालिहरुलाई मृत्युको मुखसम्म पनी पु¥याएको छ । त्यसैले हाम्रो स्थानीय स्तरमा पाईने स्रोत साधानहरुलाई प्रयोग गरीे अर्गानिक बस्तुहरु उत्पादन गर्न सकिन्छ । स्थानीय स्रोत साधानको समुचित प्रयोगबाट उद्यमहरु सञ्चालन गर्न सकिन्छ । मेरो पनि एउटा सानो प्रयास हो ।
थोरै लगानीबाट सुरु गरेको मेरो व्यवसाय अहिने नमुना बन्न पुग्यो । गरे के हुदैन र ! भन्ने कुरा मैले अहिले आएर अनुभव गरेकी छु । नेपाली युवाहरु कामका लागि बैदेशिक रोजगारमा जान्छन्, तर यस्ता थुप्रो रोजगारका सम्भावनाहरु यही हाम्रो देशमा छ । उद्यमशिलताले रोजगार प्रर्बदन गदैछ । यस्ता उद्यमहरु सञ्चालनले बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई समेत कम गर्न सक्छ । दिदि बहिनीहरुलाई म यही सन्देश दिन चाहान्छु ” ।
मलाई तालिममा भाग लिने मौका प्रदान गर्ने घरेलु तथा उद्योग प्रशिक्षण केन्द्र काठमाण्डौ र प्रबिधि तथा हौसला प्रदान गरि सहयोग गर्ने घरेलु तथा साना उद्योग कार्यालय तनहुँ प्रती पनि आभार व्यक्त गर्ने चाहानछु । हसिलो मुडमा धनमायाले भनिन् ।
वास्तवमा उद्यमशिलताले मानिसलाई पर–निर्भरबाट बाहिर निकाल्ने काम गर्दछ, उद्यमशिलताले रोजगारी श्रृजना गर्दछ, आर्थिक अवस्था सुधार गर्छ, गरिबी घटाउछ र जिवन समृद्धि तर्फ उन्मुलन हुन्छ । धनमाया उनै हुन् जसलाई उद्यमशिलताले परिचित गरायो । उनको अचार उद्योग अहिले सबैको लालि सबैलाई प्रेरणा मिलेको छ । (लेखक : भवानी न्यौपाने)
सम्बन्धित खबर
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी